टोपी दिवसका संस्थापकहरु भन्छन्- वैधानिकता दिन सरकारलाई केले रोक्यो ?
काठमाडौँ, १७ पुस । करिब १२ वर्षअघि मध्य जाडो याममा केही थान युवाले एउटा अभियानको थालनी गरे । अंग्रेजी नयाँ वर्ष आउनैलाग्दा सञ्चार क्षेत्रमै क्रियाशील युवाहरुको जमात ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपालको पहिचान’ नारा दिएर सामाजिक सञ्जालमा ‘नेपाली टोपी दिवस’ मनाउन आह्वान गर्दै प्रचारमा जुटे । टोपी दिवसकै लागि...
विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने
काठमाडौँ, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौँमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो । बैठकले वैचारिक, राजनीतिक, आर्थिक, संगठनात्मक, साँस्कृतिक क्षेत्रमा ऐतिहासिक एवम् दूरगामी महत्त्वका निर्णयहरु गरेको छ...
राष्ट्रियता र प्रजातन्त्रप्रति कसैसँग सम्झौता गर्न सकिँदैन : मुख्यमन्त्री पाण्डे
पोखरा, १६ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसका लागि कसैसँग सम्झौता गर्न नसक्ने सिद्धान्त रहेको बताउनुभएको छ । मंगलबार पोखरामा ४९औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक शक्ति भएकाले राष्ट्रियता र प्रजातन्त्रप्रति कांग्रेसका लागि कसैसँग...
नेपालले क्रेडिट रेटिङमा जानका लागि लगानी कसरी गर्ने भन्नेबारे सोच्नुपर्छ : प्रवेश रिजाल
विराटनगरका प्रवेश रिजाल अमेरिकाको न्युर्योकका व्यस्त बैंकर्स हुनुहुन्छ । सिटी ग्रुपबाट अमेरिकी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ हाल न्युयोर्क सिटीस्थित क्रस रिभर बैंकमा क्वान्टिटेटिभ स्ट्राटेजिजका प्रमुख (Head of Quantitative Strategies) को रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सिटी ग्रुपमा वरिष्ठ उपाध्यक्ष र पिएनसीमा उपाध्यक्ष जस्ता उच्च पदहरूमा कार्य गर्दै क्रेडिट र...
गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्छ : देउवा [भिडिओ]
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जानुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले गणतन्त्रलाई सफल पार्ने र अझै विश्वसनिय बनाउने सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आजको जुन यो गणतन्त्र छ यसलाई सफल...
प्राकृतिक स्रोत, साधन र पुँजीको परिचालन श्रमजीवि वर्गले गर्छन् : राष्ट्रपति पैडेल
काठमाडौँ, १६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिनुपर्ने बताउनुभएको छ । मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको उहाँले बताउनुभयो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौँ श्रम संसद्लाई सम्बोधन...
आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल
काठमाडौँ, १६ पुस । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नका लागि निजी क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ श्रम संसद समारोहमा उहाँले निजी क्षेत्रले सक्रिय रुपमा काम गर्नका लागि सबै ठाउँबाट वातावरण मिलाउन सक्नुपर्ने बताउनुभयो ।...
जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड
जनकपुर, १६ पुस । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार (भोलि)देखि सुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु बिहानैदेखि विरोधमा उत्रिएका हुन् । विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र...
सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौँ : मन्त्री पाण्डे
काठमाडौँ, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गर्नुभएको छ । मंगलबार २६औँ नेपाल पर्यटन बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए...