Author: Admin

रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुँदै
TNV News Update

रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुँदै

काठमाडौँ, २६ पुस । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहीबार राति हिरासतमुक्त भएका लामिछाने आज आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् । बिहीबार राति हिरासतमुक्त भएपछि...
भ्रष्टाचारसम्बन्धी सबै फाइल खोलेर जोकोही छानबिनको दायरामा आउनपर्छ : डा.डिला संग्रौला
TNV News Update

भ्रष्टाचारसम्बन्धी सबै फाइल खोलेर जोकोही छानबिनको दायरामा आउनपर्छ : डा.डिला संग्रौला

बर्दिया, २६ पुस । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नु परेको बताउनुभएको छ । नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा.संग्रौलाले सहकार्य एमालेसँग भएपनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पार्नुभयो । उहाँले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको...
स्वास्थ्य विज्ञान विश्वविद्यालयको निर्माण आवश्यक छ : मन्त्री भट्टराई
TNV News Update

स्वास्थ्य विज्ञान विश्वविद्यालयको निर्माण आवश्यक छ : मन्त्री भट्टराई

काठमाडौँ, २५ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताउनुभएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उहाँले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा...
नेपाल एकीकरणको अपूर्णतालाई पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको छ : शक्ति बस्नेत
TNV News Update

नेपाल एकीकरणको अपूर्णतालाई पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको छ : शक्ति बस्नेत

काठमाडौँ, २५ पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल एकीकरणको अपूर्णतालाई नेपालमा भएको पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको बताउनुभएको छ । बिहीबार पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘नेपालको एकीकरण तत्कालको समयका लागि वस्तुगत...
रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुँदै
TNV News Update

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक...
चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का
TNV News Update

चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का

काठमाडौँ, २५ पुस । ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठुला कार्ययोजनाहरु प्रस्तुत गरेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उहाँले नीतिगत सुधार, अर्थतन्त्रलाई चलायमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको...
एमालेमा बार्गेनिङ चल्दैन : प्रधानमन्त्री ओली
TNV News Update

एमालेमा बार्गेनिङ चल्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद बेच्न आफ्ना–आफ्ना नामका पसल खोल्न खोजेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौँमा अनेरास्ववियूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले एमालेसँग कोही मिल्ने भए मर्ज गर्न आए हुन्छ...
पृथ्वी जयन्ती मनाउन पनि राजनीतिक सौदाबाजी गर्नुपर्ने अवस्था आयो : राजेन्द्र लिङ्देन
TNV News Update

पृथ्वी जयन्ती मनाउन पनि राजनीतिक सौदाबाजी गर्नुपर्ने अवस्था आयो : राजेन्द्र लिङ्देन

काठमाडौँ, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती मनाउन पनि सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री बनाउन सहयोग गर्छौँ पृथ्वी जयन्ती चाहिँ मनाऔँ भन्नुपर्ने अवस्था आएको बताउनुभयो । बिहीबार काठमाडौँमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै...
पोखराको इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत संगम पौडेल मृत फेला
TNV News Update

पोखराको इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत संगम पौडेल मृत फेला

पोखरा, २५ पुस । पोखराको लामाचौरस्थित पश्चिममाञ्चल इञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी) अध्ययनरत एक छात्र क्याम्पसनजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका छन् । कैलालीको धनगढी स्थायी घर भइ हाल पश्चिममाञ्चल इञ्जिनियरिङ क्याम्पस लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल बुधबार साँझ क्याम्पसनजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका हुन् । पोखरा महानगरपालिका–१६...