स्वास्थ्य बिमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा...
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
रुपन्देही, ६ माघ । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भइ प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले...
आगामी स्थानीय निर्वाचनमा २५० पालिका जित्छौँ : प्रचण्ड
मोरङ, ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तिमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।...
‘नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने सोचमा छन्’
हेटौँडा, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने बिन्दुमा पुगेको बताउनुभएको छ । राप्रपा मकवानपुरले हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरु अरु दलका नेताले ‘त्यति धेरै खाए हामीले...
‘विवाद’मा घेरिएका उर्जामन्त्री खड्काका महत्त्वकांक्षी लक्ष्य
आकांक्षा धामी काठमाडौँ, ५ माघ । जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् अहिलेका ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । खड्का यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री हुनुहुन्थ्यो । पछिल्लो समय...
मुलुकमा सुशासन क्रान्ति आवश्यक छ : पूर्ण बस्नेत
काठमाडौँ, ५ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा सुशासन क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि पटकपटक संघर्ष, आन्दोलन र ठुलो बलिदानी भएको भन्दै बस्नेतले मुलुकलाई समृृद्धिको बाटोमा डोर्याउन अबको क्रान्ति सुशासनका लागि हुनुपर्ने बताउनुभएको हो । बस्नेतले भन्नुभयो, ‘मुलुकमा...
आजदेखि यू–१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै
काठमाडौँ, ५ माघ । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ । दोस्रो संस्करणको उक्त विश्वकपमा नेपालसहित १६ देशको सहभागिता रहेको छ । विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दै छ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेदेखि सुरु हुने छ । नेपालले दोस्रो खेल सोमबार...
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
जनकपुर, ४ माघ । जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोडअन्तर्गत वडा नम्बर ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई...
विपक्षी दलहरुले भन्यो– ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगायो’
काठमाडौँ, ४ माघ । सरकारले संसद्मार्फत् विधेयकका रुपमा लयाउनुपर्ने कानुनहरु अध्यादेशमार्फत् ल्याएको भन्दै विपक्षी दलहरुले भत्र्सना गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षी दलहरूले संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिइ अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ भनेर भत्र्सना गरेका हुन् । उनीहरुले सरकारले...