डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा रिहा
पोखरा, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेको आरोप लागेका डा.निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दामा दिएको आदेश बमोजिम डा।.भुसालले अदालतमा ५० हजार रुपैयाँ धरौटी...
‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक
काठमाडौँ, ४ माघ । चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । माघ १६ मा प्रदर्शन हुने सिनेमाको शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ । चलचित्रमा...
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह
काठमाडौँ, ४ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नुभएको छ । शुक्रबार इयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गर्नुभएको हो । मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनैतिक...
रौतहट प्रहरीको ६ महिना : चोरी निकासीतर्फ दुई करोड ४२ लाख बढी संकलन
रौतहट, ४ माघ । रौतहट प्रहरीले ६ महिनाको अवधिमा जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । गत साउनदेखि पुससम्मको सार्वजनिक गरिएको प्रगति विवरणअनुसार जबरजस्ती करणीको लागुऔषधको १५ वटा...
उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री ओली
काठमाडौँ, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री...
राष्ट्रपतिद्वारा काठमाडौँ–तराई मधेस द्रुतमार्गको निरीक्षण
काठमाडौँ, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिनुभएको छ । उहाँले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिनुभयो । मुलुकका...
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी [भिडिओ]
अरुणकुमार सुवेदी अर्थविद् एवम् विश्लेषक हुनुहुन्छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएका उहाँ व्यवसायी पनि हुनुहुन्छ । नेपालको अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध साथै आन्तरिक राजनीतिका विषयमा तर्कपूर्ण विश्लेषण गर्दै आउनुभएका सुवेदीसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । केपी ओली नेतृत्वको सरकार ६ महिनामा दौडिरहेको छ...
बागलुङको ढोरपाटनमा जिप दुर्घटना हुँदा १४ जना घाइते [सूचीसहित]
पोखरा, ४ माघ । बागलुङको ढोरपाटन नगरपालिकामा बिहीबार राति पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १४ जना घाइते भएका छन् । बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग३च ३८९ नम्बर पिकअप जिप ढोरपाटन नगरपालिका वडा नम्बर ६ बिहीबार राति साढे ८ बजे दुर्घटनाग्रस्त हुँदा १४ जना घाइते भएका हुन् । उक्त दुर्घटनामा घाइते...
भन्सारसम्बन्धी कानुनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : डा.वाग्ले
काठमाडौँ, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले भन्सारसम्बन्धी कानुनलाई सुधार गर्ने भन्दा फरक विकल्प दिने बेला भएको बताउनुभएको छ । बिहीबार अर्थ समितिमा भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग भएको छलफलमा उहाँले विज्ञहरु भएपछि १० लाई १५ गर्ने खालको सुधारभन्दा...