चिसो बढेपछि तातोपानीमा नुहाउन आउनेको भीड बढ्यो
दान बहादुर बुढा मुगु, ३ माघ । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरु गाउँपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको छ । तातोपानी नुहाउँदा शरीरमा भएका विभिन्न अंगहरु, जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग, टाउको, पेट दुखाइलगायतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ ।...
अन्तर्राष्ट्रिय प्रचार र आधुनिकीकरणको पर्खाइमा राष्ट्रिय संग्रहालय [भिडिओ]
सविता नयाँजू काठमाडौँ, ३ माघ । विश्वका समृद्ध देशहरु घुम्न जाने पर्यटकहरुलाई संग्रहालय अनिवार्य रुपमा भ्रमण गराउने प्रचलन छ । वास्तवमा संग्रहालय एउटा ज्ञानको केन्द्र पनि भएकाले विद्यार्थी वा अनुसन्धानकर्ताहरुका लागि त्यहाँको भ्रमण गर्नु अनिवार्य मान्ने गर्छन् । नेपालको सबैभन्दा जेठो छाउनी संग्रहालय अर्थात् राष्ट्रिय संग्रहालय लाखौँ वर्ष पुरानो मानव...
‘कार्साङ’ले ६ दिनमा कमायो एक करोड ४५ लाख
काठमाडौँ, ३ माघ । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको चलचित्रले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर...
भूकम्प जाँदा डराउनु पर्दैन, क्षति कम गर्ने उपाय खोज्नुपर्छ : वरिष्ठ भूकम्पविद् डा.अधिकारी
प्रमिला कार्की यसवर्ष २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी भूकम्पको जोखिममै छौँ भन्नेमा स्पष्ट हुन्छ । विगत २६ वर्षदेखि प्रत्येक माघ २ गते सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । २०९० र २०७२ सालको भूकम्पबाट हामी के स्पष्ट हुनुपर्छ भने हामी जोखिममुक्त हुन...
भूकम्प सुरक्षा पूर्वतयारीका कामलाई प्रभावकारी बनाइन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्नेमा जोड दिनुभएको छ । २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८१ का सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज कीर्तिपुरमा आयोजित मूल समारोह कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनः निर्माण...
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री ओली
काठमाडौँ, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताउनुभएको छ । नेपाल सरकारको सिफारिसमा हालै राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा...
रास्वपाले भन्यो- ‘पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ’
काठमाडौँ, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ । बुधबार रास्वपाले विज्ञप्ति जारी गर्दै पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने जनाएको छ...
लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्त्वपूर्ण हो : अध्यक्ष दाहाल
काठमाडौँ, २ माघ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासका २०३० सम्मका लक्ष्यहरु महत्त्वपूर्ण रहेको बताउनुभएको छ । बुधबार विकास आर्थिक मामिला समितिको बैठकमा बोल्नुहुँदै उहाँले दिगो विकासका लक्ष्यहरु महत्त्वपूर्ण भए पनि लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिगो...
हिमाललाई जोगाउन सकिएन भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे
काठमाडौँ, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताउनुभएको छ । एमएस म्युजिक एण्ड इन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको उद्घोष गर्नुभयो । मन्त्री पाण्डेले...