Author: Admin

मधेश प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक फिर्ता
TNV News Update

मधेश प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक फिर्ता

काठमाडौँ, ११ मघ । मधेश प्रदेश सभामा दुई दिन पहिला मात्र पेश गरिएको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट उक्त विधेयक फिर्ता लिइएको हो । प्रदेश सभामा विधेयक पेश भएलगत्तै विवाद उत्पन्न भएको थियो । मधेश प्रदेशमा बोलिने विभिन्न भाषाहरुलाई उक्त विधेयकमा...
शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : महेश बर्तौला
TNV News Update

शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : महेश बर्तौला

मकवानपुर, ११ माघ । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताउनुभएको छ । मकवानपुरको हेटौँडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औँ जिल्ला अधिवेशनमा बोल्नुहुँदै बर्तौलाले यस्तो बताउनुभएको हो । ‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कँदै गर्दा...
सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
TNV News Update

सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ, ११ माघ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा २१३ जना नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । चण्डीप्रसाद गण (शान्ति सेना) ११औँ डफ्फाका प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन सुडानर्फ प्रस्थान गरेका हुन् । मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा...
राजनीतिक दलहरुको चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन : प्राडा.विद्यानाथ कोइराला [भिडिओ]
TNV News Update

राजनीतिक दलहरुको चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन : प्राडा.विद्यानाथ कोइराला [भिडिओ]

विगत ३६ वर्षदेखि नेपालको शिक्षा क्षेत्रको अनुसन्धानमा क्रियाशील प्राध्यापक डाक्टर विद्यानाथ कोइराला शैक्षिक अभियन्ता पनि हुनुहुन्छ । सिन्धुलीको दुम्जामा जन्मिनुभएका कोइराला नेपाली शिक्षाको स्तर सुधार गर्न राज्यका नेतृत्व तहमा बस्नेहरुको सोच परिवर्तन हुनुपर्ने धारणा राख्दै आउनुभएको छ । उहाँ विभिन्न स्थानीय तहमा पुगेर शिक्षकहरुलाई व्यहारिक शिक्षण सीपका बारेमा ज्ञान दिने...
चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द
TNV News Update

चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द

धनुषा, ११ माघ । केही दिनदेखि तराई क्षेत्रमा बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै धनुषाका विभिन्न पालिकाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु तीन दिनसम्मका लागि बन्द गरिएको छ । विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म...
विद्यालय होस् त डहु माविजस्तो, हेडसर–दलबहादुर जस्तो
TNV News Update

विद्यालय होस् त डहु माविजस्तो, हेडसर–दलबहादुर जस्तो

रामेछाप, ११ मघ । दुर्गम गाउँको सामुदायिक विद्यालय । विद्यालय कस्तो होला ? शैक्षिक अवस्था कस्तो होला ? सहज जवाफ आउँछ– ‘विद्यालयका अवस्था भद्रगोल, शैक्षिक अवस्था अस्तव्यस्त, विद्यार्थी संख्या न्यून ।’ यदि तपाईँले डहु माध्यामिक विद्यालय बेथानको बारेमा यो जवाफ दिनुभयो भने गलत हुने छ । डहु माविको सन्दर्भमा तपाईँको...
भलिबल खेलको संरक्षण गर्न आवश्यक छ : अर्जुनप्रसाद तिवारी
TNV News Update

भलिबल खेलको संरक्षण गर्न आवश्यक छ : अर्जुनप्रसाद तिवारी

हेटौँडा, ११ माघ । हेटौँडा उपमहानगरपालिका १२ का वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले राष्ट्रिय खेल भलिबललाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार भएको पत्रकार भेटघाटलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष तिवारीले भलिबलको संरक्षण आवश्यक रहेको भन्दै यसको लागि काम गर्ने बताउनुभयो । खेलकुद र खेलाडीको सम्मान हेटौँडा–१२ को पहिचान भन्ने...
भन्सार संगठनको व्याख्या विपरीत कुनै निर्णय भएको छैन : महानिर्देशक पुडासैनी
TNV News Update

भन्सार संगठनको व्याख्या विपरीत कुनै निर्णय भएको छैन : महानिर्देशक पुडासैनी

काठमाडौँ, ११ माघ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनको व्याख्या विपरीत विभागले कुनै निर्णय नगरेको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा आयोजित ७३औँ अन्तर्राष्ट्रिय विश्व भन्सार दिवसको उपलक्ष्यमा भन्सारसम्बन्धी अन्तक्रिया कार्यक्रममा उहाँले नीति परिवर्तन गर्ने क्रममा त्यसले राष्ट्रिय उत्पादन र रोजगारी वृद्धिमा दिने योगदानलाई ध्यानमा राख्नुपर्ने...
महानगर यातायातले सञ्चालनमा ल्यायो टाटाका थप ४० वटा बस
TNV News Update

महानगर यातायातले सञ्चालनमा ल्यायो टाटाका थप ४० वटा बस

काठमाडौँ, १० माघ । महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी बिहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बस थपिएसँगै बसहरुको संख्या ८९ पुगेको छ । उहाँले भन्नुभयो,‘हाल...