सगरमाथा संवादको समापन आज, ‘काठमाण्डौ घोषणा पत्र’ जारी हुँदै
काठमाण्डौ – जलवायु परिवर्तनसम्बन्धी चासो र चुनौतीलाई विश्वसमुदायसामु प्रस्तुत गर्ने उद्देश्यले काठमाण्डौमा आयोजना गरिएको पहिलो सगरमाथा संवाद आज समापन हुँदैछ। शुक्रबारदेखि सुरु भएको संवादको समापन सत्रपछि ‘काठमाण्डौ घोषणा पत्र’ जारी गरिने आयोजकले जनाएका छन्। ‘जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती’ शीर्षकमा आयोजित उच्चस्तरीय छलफलपछि औपचारिक रूपमा संवादको समापन गरिनेछ। सम्मेलनको...
सांसदको सुझावः बजेट प्रचारमुखी होइन, कार्यान्वयनमुखी बनाउ
बुटवल । लुम्बिनी प्रदेश सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेका बेला, प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूले सरकारलाई कार्यान्वयनमुखी र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । प्रदेशको स्रोत सीमित र जनआकांक्षा भने उच्च रहेकोे अवस्थामा प्रचारमुखीभन्दा कार्यान्वयनमूखी बजेट ल्याउनु पर्ने सुझाव उनीहरुको छ । लुम्बिनी प्रदेशमा सभामा...
बुटवलमा प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु
बुटवल । बुटवलमा आजदेखि प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ। बुटवल उपमहनगपालिका वडा नं. १६ डहरगाउँमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको छ । प्रतियोगितको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदले शारीरिक र मानसिक विकाससँगै अनुशासन, समर्पण र...
माधव, प्रचण्डप्रति ओलीको कटाक्ष : तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् । शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरू पार्टीलाई विभाजित गर्न लागेको उनले आरोप...
कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति अघि बढाउँदैछौं : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन् । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति...
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम
काठमाडौँ । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कन विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण उपाय अवलम्बन नगरेमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस अझै बढी जोखिममा रहने बताएका हुन् । चिनियाँ...
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ । त्यस्तै ६ जना प्रमुख सेनानीको महासेनानी पदमा र एक जना महासेनानीको सहायक रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । गत वैशाख २५ र ३१ बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै...
सांसद् मोहन बस्नेतको पद निलम्बनको सूचना संसदमा सार्वजनिक
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन भएको सूचना आज संसदमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत पद निलम्बन भएको पत्र संसदको बैठकमा पढेर सुनाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामोक्स औषधि खरिद प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा बस्नेतसहित...
रेशमलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुरोधमा अदालतले विष्टलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। विष्टले वैशाख १७ गते रेशम चौधरीलाई पक्राउ गरेर कारागार चलान गर्न...