रेशमलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

  काठमाडौँ । पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुरोधमा अदालतले विष्टलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। विष्टले वैशाख १७ गते रेशम चौधरीलाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्र लेखेका थिए। तर सो पत्र गैरकानुनी ठहरिएपछि रेशम चौधरी छुटेका थिए। अनधिकृत रूपमा पक्राउ पत्र जारी गरेको अभियोगमा विष्ट आफैं पक्राउ परेका हुन्। अहिले उनीमाथि लिखत किर्तेसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले सर्वोच्च अदालतभित्रको प्रशासनिक कार्यशैली, पत्राचार प्रक्रिया तथा जिम्मेवारीबारे प्रश्न उठाएको छ। विष्टविरुद्धको अनुसन्धानपछि न्यायिक प्रक्रियामा सुधारका लागि थप बहस हुने अपेक्षा गरिएको छ।

 

काठमाडौँ । पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुरोधमा अदालतले विष्टलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। विष्टले वैशाख १७ गते रेशम चौधरीलाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्र लेखेका थिए। तर सो पत्र गैरकानुनी ठहरिएपछि रेशम चौधरी छुटेका थिए।

अनधिकृत रूपमा पक्राउ पत्र जारी गरेको अभियोगमा विष्ट आफैं पक्राउ परेका हुन्। अहिले उनीमाथि लिखत किर्तेसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाले सर्वोच्च अदालतभित्रको प्रशासनिक कार्यशैली, पत्राचार प्रक्रिया तथा जिम्मेवारीबारे प्रश्न उठाएको छ। विष्टविरुद्धको अनुसन्धानपछि न्यायिक प्रक्रियामा सुधारका लागि थप बहस हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *