अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएक हुन्। उनले भनेका छन्, ‘बितेका १० महिनामा गत वर्षको तुलनामा...
रवि र छविको मुद्दा आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ । तत्कालीन गोरखा मिडिया नेटवर्कका सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीले सर्वोच्च अदालतमा दिएको निवेदनमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरले दिएको आदेश बदर गर्न माग गर्दै रवि र छविका तर्फबाट दायर भएका निवेदनमाथिको सुनुवाइ न्यायाधीश नहकुल सुवेदी...
बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाले विभिन्न क्षेत्रमा सहकार्य गर्ने
मुस्ताङ । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच धार्मिक पर्यटन प्रद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ। कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने गरि दुई पालिका अघि बढ्ने भएका हुन्। उपमहानगरपालिकाको टोली मुस्ताङ भ्रमणमा रहेको बेला घरपझोङ गाउँपालिकासँग धार्मिक पर्यटन प्रवद्र्धनसँगै विकास निर्माण र सेवा प्रवाहमा समन्वय तथा सहयोग आदानप्रदानलाई...
ओभरलोडले तीनवटा पुल ध्वस्त भएपछि सडक संरचना जोगाउन भन्दैओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान गराउने निर्णय
बुटवल । भारतिय ओभर लोड गाडीले बुटवल नारायणघाट सडक खण्डको ३ वटा पुल ध्वस्त पारेसंगै रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । रुपन्देहीभारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र पुल पुलेसा बिग्रिदै गएको कारण रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा...
बाबुरामलाई ‘बुद्धि नभएको डाक्टर’ भन्दै प्रचण्डको कटाक्ष, एकता असम्भव भएको टिप्पणी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कडा टिप्पणी गरेका छन्। बुधबार रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा पूर्व सहयात्री बाबुराम भट्टराईसँग सम्भावित पार्टी एकताको विषयमा पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै प्रचण्डले बाबुरामलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’...
देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय प्रभाव र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण आंशिकदेखि सामान्य बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ भने केही उच्च स्थानमा हिमपातको सम्भावना छ...
पुनः उकालो लाग्यो सुनको मूल्य, एकैदिन ५ हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएर १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको...
नेपाल प्रहरीमा डिआईजी बढुवा सिफारिस : को-को परे सूचीमा?
काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदका लागि गृहमन्त्रालयले ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस सूचीको शीर्ष स्थानमा सुदर्शनप्रसाद कोइराला परेका छन् । उनीसँगै विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज...
नवनियुक्त गभर्नर डा. विश्व पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण अघि सपथ लिएका छन् । उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन् । गभर्नरको पद एक महिनाअघि नै भर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि सत्तारूढ नेपाली कांग्रेस र एमालेबीचको राजनीतिक तानातानका कारण गभर्नर नियुक्ति ४४ दिन...