छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याएको छ : प्रचण्ड
काठमाडौँ, २२ कात्तिक । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवम् संरक्षण, उत्पादन तथा श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वका...
तीन दिने भारत भ्रमण उपलब्धिमूलक भयो : मन्त्री खड्का
काठमाडौँ, २१ कात्तिक । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का भारत भ्रमण सकाएर स्वदेश फिर्ता हुनुभएको छ । गत आइतबार तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएका मन्त्री खड्का आज स्वदेश फर्किनुभएको हो । उहाँ भारतको नयाँ दिल्लीमा नोभेम्बर ३ देखि ६ सम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सातौँ महासभामा...
फेस अफ कर्णाली याक्सका रुपमा स्वस्तिमा खड्का आबद्ध
काठमाडौँ, २१ कात्तिक । फेस अफ कर्णाली याक्सका रुपमा नायिका स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । बुधबार काठमाडौँमा आयोजित एक फेस अफ कर्णाली याक्स सार्वजनिक कार्यक्रममा उहाँलाई सार्वजनिक गरिएको हो । कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा आफू जोडिन पाउँदा निकै खुसी लागेको भन्दै कर्णाली याक्सले कर्णाली अझ धेरै...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
दाङ, २१ कात्तिक । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई नगद ९१ हजार ९सय रूपैयाँ र ३ बुक...
शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री गुप्ता
पर्सा, २१ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा र स्वास्थ्य आधारभूत मानव अधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने...
काठमाडौँको भित्तामा ‘साम्बा’
काठमाडौँ, २१ कात्तिक । मौलिक तथा प्राचीन महत्त्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ...
हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा
हेटौँडा, २१ कात्तिक । हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाइ, पन्डाल टाँग्नेलगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६२० फिट लामो पन्डाल टाँगिएको छ । ‘गत वर्षको...
सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
काठमाडौँ, २१ कात्तिक । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल, नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार...
तिहार सकिएसँगै मकवानपुरका किसानलाई धान भित्र्याउन चटारो
हेटौँडा, २० कात्तिक । तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका छन् । भाइटीकाको भोलिपल्टदेखिनै हेटौँडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् । केही किसानले तिहारअघिनै धान भित्रयाइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् । दिनहुँजसो पानी पर्ने...