विद्युतीय कारोबारसम्बन्धी विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान
काठमाडौँ, २० कात्तिक । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय कारोबारसम्बन्धी विधेयक चाँडै पारित गर्ने बताउनुभएको छ । मंगलबार नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उहाँले कात्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिनुभयो ।...
छठ पर्व आजदेखि विधिपूर्वक सुरू
काठमाडौँ, २० कात्तिक । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरू भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र...
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १२९ जना पक्राउ
काठमाडौँ, १९ कात्तिक । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १२९ जना पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेसनजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनारसमेत २० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी...
पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ : अर्थविद् डा.न्यौपाने
काठमाडौँ, १९ कात्तिक । अर्थविद् एवम् राजनीतिक विश्लेषक डा.गोपिलाल न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि व्यवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौँमा आयोजित साक्षात्कारलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकाल, बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा अर्थ–व्यवस्थाको चरित्र भने उस्तै रहेको बताउनुभयो । उहाँले नियन्त्रित अर्थतन्त्रले देशको...
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
काठमाडौँ, १९ कात्तिक । प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि काठमाडौँसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन भने अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि...
विश्वकप लिग–२ मा आज नेपाल र स्कटल्यान्ड खेल्दै
काठमाडौँ, १९ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्यान्डको सामना गर्दै छ । यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुने छ । सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो...
भाइटीका आज : उत्तम साइत बिहान ११ः३७ बजे
काठमाडौँ, १८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन...
हङकङ सुपर सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित
काठमाडौँ, १७ कात्तिक । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो । अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम...
नेपाल सम्वत् नेपाली माटोको सम्वत् : प्रधानमन्त्री ओली
ललितपुर, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत् नेपाली माटोको सम्वत् भएको बताउनुभएको छ । नेपाल सम्वत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो सम्वत् कुनै आयातित सम्वत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले माध्यमिक तहका ऐच्छिक विषयको पनि...