माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ, २५ कात्तिक । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने÷नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक...
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर
काठमाडौँ, २५ कात्तिक । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्डविपरीत गएर संरचना...
राप्रपाले हेटौँडा–१२ को वडाअध्यक्षमा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाउने
मकवानपुर, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षका लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुने छ । आइतबार नगर र जिल्ला कार्यसमितिको बैठकले प्रेम लामा भ्लोनलाई वडा अध्यक्षको...
ओसासुनामाथि रियल मड्रिडको सानदार जित
काठमाडौँ, २५ कात्तिक । रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा भिनिसियस जुनियरको ह्याट्रिक मद्धतमा रियलले ओसासुनामाथि ४–० को फराकिलो जित हात पारेको हो । रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा जुडे बेलिघमको नाममा एक गोल रह्यो । खेलको पहिलो हाफमा २...
‘कर्णाली याक्स’ जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ : सोमपाल कामी
काठमाडौँ, २४ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामी ‘कमेडी दरबार’ को सेटमा पुगेर एनपिएल फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराउनुभएको छ । शनिबार ‘कमेडी दरबार’ मा पुगेर राष्ट्रका चर्चित क्रिकेटरहरु सोमपाल कामी, रित गौतम र मौसम ढकालले ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराउनुभएको...
ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर बनेको होइन : प्रचण्ड
मकवानपुर, २४ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार कांग्रेस–एमाले मिलेर नबनेको बताउनुभएको छ । माओवादी केन्द्रको नेतृत्ववाला सरकारले बिचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएकाहरुले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएपछि सरकार परिवर्तन भएको उहाँको भनाइ छ । योङ कम्युनिस्ट...
सुदूरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब
काठमाडौँ, २४ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ । करिअर पार्टनरको रुपमा सुदूरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर...
कर्णाली याक्सको जर्सी सार्वजनिक
काठमाडौँ, २४ कात्तिक । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटलमा एक कार्यक्रमका बीच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको हो । जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भू-भाग, रारा र से–फोक्सुन्डोको...
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : हालसम्म १८९ जनाको उद्धार
धादिङ, २४ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार ६ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धारयात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गोरखाबाट १ जना, तनहुँबाट...