नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात
काठमाडौँ, ३० कात्तिक । नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ । भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर...
सात बुँदे सम्झौता अनुरुप नै सरकार चल्छ : मन्त्री सिंह
विराटनगर, ३० कात्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयन्त्र किन आवश्यक परेको हो...
‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान
हेटौँडा, ३० कात्तिक । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय मकवानपुर जिल्लाका केही पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन...
सांसाद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा उजुरी
काठमाडौँ, ३० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले श्रृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ । अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति...
कमला नदीमा भुत मेला
काठमाडौँ, ३० कात्तिक । परापूर्वकालदेखिनै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ । धनुषा–सिरहासँग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । कार्तिक पूर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना...
मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : माधव नेपाल
काठमाडौँ, २९ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गर्नुभएको छ । बिहीबार नेपाल नेवा राष्ट्रिय संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताउनुभएको हो । उहाँले भन्नुभयो,...
सभ्यता जोगाउँदै पर्यटक बढाउने उद्देश्यले बगुवा खोलामा र्याफ्टिङ
काठमाडौँ, २९ कात्तिक । ललितपुर र मकवानपुरको सिमानाबीच पर्ने बगुवा खोलामाथि र्याफ्टिङ गरिएको छ । सभ्यता जोगाउन र आन्तरिक तथा पर्यटक बढाउने उद्देश्यले र्याफ्टिङ गरिएको हो । ललितपुरको बागमती गाउँपालिका–६ को वडाध्यक्ष नारायण भोम्जनले बागमतीको सभ्यता जोगाउन र पर्यटक बढाउन राफ्टिङ सुरु गरेको बताउनुभयो । बिहीबार बागमती गाउँपालिका वडा नम्बर...
नयाँको हालत देखियो पुरानो पार्टीको विकल्प छैन : पार्वत गुरुङ
काठमाडौँ, २९ कात्तिक । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरुले गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चको छैठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै दोलखाली जनताले अपेक्षा गरेअनुरुपको विकास गर्न नेकपा (एमाले) मात्रै सक्षम रहेकाले अन्य पार्टीबाट सम्भव नरहेको बताउनुभयो ।...
कार्यान्वयनको १० वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मूल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पार्नुभयो । मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता...