मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
काठमाडौँ, १ मंसिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गर्नुभएको हो । लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरी जर्सीको डिजाइन गरिएको छ ।...
कर दिवसको अवसरमा उत्कृष्ट करदाता सम्मानित
काठमाडौँ, १ मंसिर । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले यस वर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ । शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो । सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल...
जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ, १ मंसिर । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु आभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु आभियन्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा उनीहरूले अन्यायपूर्ण...
एनपिएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर
काठमाडौँ, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत् आइकनिक खेलाडी छनोट गरेको छ । गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदीप अर्याल आइकनिक खेलाडी छनोट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनोट भएर एनपिएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका...
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर
काठमाडौँ, ३० कात्तिक । गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले...
अजरवैजानमा आवश्यकभन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति
काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट...
प्रधानमन्त्री पद छाड्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड
काठमाडौँ, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्ने इतिहास र...
सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता
काठमाडौँ, ३० कात्तिक । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ म्यारियट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारियटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । ’नेपालमा पछिल्लो...
दार्चुला जिप दुर्घटना : मृतकको संख्या आठ पुग्यो [अपडेट]
दार्चुला, ३० कात्तिक । शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा जिप चालक मालिकार्जुन...