राज्यले युवाहरुलाई नेपाल भनेको अवसरको देश हो भनेर बुझाउन सकेन : सरोज बानियाँ [भिडिओ]
काठमाडौँ, ३ मंसिर । सरोज बानियाँ युवा तथा सामाजिक अभियन्ता हुनुहुन्छ । नेपाल युवा परिषद्का संस्थापक एवम् अध्यक्ष समेत रहनुभएका बानियाँ विगत १५ वर्षदेखि युवाहरुको मुद्दामा काम गरिरहनुभएको छ । नेपालका सात प्रदेश र ७७ वटै जिल्लामा संस्थाको स.जाल विस्तार गरेर युवाहरुमा उद्यमशीलता, नेतृत्व विकास, सीपमूलक कार्य, सूचना प्रविधिलगायतका क्षेत्रमा...
नेपालमा वार्षिक करिब ४२ करोड रुपैयाँको कफी आयात
काठमाडौँ, ३ मंसिर । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ । स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर सम्भावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा ४४३ मेट्रिक टन कफी आयात भएको छ । आर्थिक...
सरकारले पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने
काठमाडौँ, ३ मंसिर । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिनुभयो । यस्तै, उहाँले आज सरकारी कार्यालयहरुमा...
काठमाडौँ गुर्खाजले गर्यो जर्सी सार्वजनिक
काठमाडौँ, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौँ गुर्खाज’ले प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ । क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जर्सी सर्वजनिक गरेको हो । साथै क्लबले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडर बनाएको छ ।...
विराटनगर किङ्ग्सको एम्बेसडरमा दयाहाङ राई
काठमाडौँ, २ मंसिर । विराटनगर किंग्सले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल)का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । आइतबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ब्राण्ड एम्बेसेडरको रूपमा बिराटनगर किङ्ग्समा आबद्ध भइ राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाउनुभएको...
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
काठमाडौँ, २ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आइतबार दिउँसो दुई बजे फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी कलेजो रोगबाट पीडित थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौँ क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए । पछिल्लो समय...
राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतले लिए शपथ
काठमाडौँ, २ मंसिर । चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त राजदूतहरूमा पाकिस्तानका लागि रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित...
रास्वपाले मंसिर ८ गतेदेखि देशव्यापी आन्दोलन गर्ने
काठमाडौँ, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दोस्रो चरणको...
सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने
काठमाडौँ, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्याली को आयोजना गर्ने भएको हो । र्यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारीलगायत टिममा आवद्ध नेपालमा उपलब्ध भएका सबै...