हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा, २ मंसिर । हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । निजको...
उपनिर्वाचनका लागि आचारसंहिता तयार : कसलाई लागु हुन्छ ?
काठमाडौँ, १ मंसिर । आउँदो उपनिर्वाचनका लागि आइतबारदेखि आचारसंहिता लागु हुने भएको छ । उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुने छ । चुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ । ‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा...
बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ओली
काठमडौँ, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग भइरहेको बताउनुभएको छ । शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औँ साधारण सभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई...
चलचित्र ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध
काठमाडौँ, १ मंसिर । मंसिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध हुनुभएको छ । प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट व्यापक तारिफ पाउनुभएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय...
खेलकुदका लागि सबै क्षेत्रले सक्रियता देखाउनुपर्छ : सभामुख घिमिरे
काठमाडौँ, १ मंसिर । सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि हरेक क्षेत्रले सक्रियता देखाउनुपर्ने औँल्याउनुभएको छ । सबै क्षेत्रले खेलका लागि सक्रियता जनाउन सके ठुलो उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो । शनिबार ‘प्रथम झापा १– काठमाडौँ कप फुट्सल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई...
विश्वप्रकाश शर्मा भन्छन्- खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ
काठमाडौँ, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेल क्षेत्रबाट नेपाली राजनीतिले नियममा बसेर काम गर्ने कुरा सिक्नुपर्ने बताउनुभएको छ । शनिबार ‘प्रथम झापा १– काठमाडौँ कप फुट्सल प्रतियोगिताका अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले राजनीतिले खेल क्षेत्रमा जसरी नै नियममा बाँधिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘खेलले हामी सबैलाई जोड्ने...
कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड
काठमाडौँ, १ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने भएको बताउनुभएको छ । शनिबार माओवादी काभ्रे–काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सरकारमा हुँदा सामाजिक न्याय...
पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ, १ मंसिर । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्धतमा पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउबाट सानदार...
‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’
काठमाडौँ, १ मंसिर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले जनताबाट संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यलाई कर तिर्नु नागरिकका...