पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय
काठमाडौँ, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)ले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ । मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आजको बैठक संक्षिप्त भयो धेरै एजेण्डा पनि भएन, पहिलो...
नेपाल सम्वत् राष्ट्रिय र मौलिक सम्वत् हो : राष्ट्रपति पौडेल
काठमाडौँ, ४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक कालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आइरहेको नेपाल सम्वत् हाम्रो देश नेपालको राष्ट्रिय र मौलिक सम्वत् भएको बताउनुभएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा उहाँले...
मन्त्रालयको नाम फेरिने प्रक्रियामा छ : मन्त्री यादव
काठमाडौँ, ४ मंसिर । खानेपानी मन्त्री प्रदीप यादवले आफू आबद्ध मन्त्रालयलाई खानेपानी तथा सरसफाइ मन्त्रालय बनाउने भनेर प्रक्रिया अगाडि बढेको बताउनुभएको छ । मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३औँ स्थापना दिवसको आवसरमा आयोजित कार्यक्रममा उहाँले मन्त्रीको जिम्मेवारी पाएको हुनाले मन्त्रालयलाई बलियो बनाउने भन्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाइ मन्त्रालय...
विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित
काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गर्नुभएको हो । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह...
‘सशस्त्र द्वन्द्व’ आवश्यक थिएन : प्रदीप ज्ञवाली
काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा त्यतिबेला ‘सशस्त्र द्वन्द्व’को आवश्यक नभएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले त्यतिबेला द्वन्द्व आवश्यक थिएन भन्ने पक्षमा अहिलेसम्म पनि रहेको र त्यो एउटा रियालिटी भएको भन्दै त्यसले देशको २० वर्ष खेर...
आशिषलाई प्रश्न : ‘पूर्ण बहादुरको सारङ्गी’कि ‘रैया चाँदीको’ हिट ? [भिडिओ]
काठमाडौँ, ४ मंसिर । म बागलुङको गल्कोट नगरपापालिका–७ मा जन्मेको हुँ । मेरो बाल्यकाल गाउँमा नै बित्यो । १० कक्षासम्म गाउँमा नै पढेंँ । स्कुल पढ्दादेखि नै संगीतमा रुचि राख्थेँ । स्थानीय क्लबहरुमा बसेर चारपाँच वर्ष सांगीतिक गतिविधिहरु गरेर बिताए । गाउँमा गाउने, नाच्ने र बजाउने व्यक्ति भनेर सबैले चिनेका...
दमननाथ ढुंगाना एक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : प्रचण्ड
काठमाडौँ, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताउनुभएको छ । सोमबार पूर्वसभामुख, दमननाथ ढुंगानाको पार्थिब शरीरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले शन्ति सम्झौता बनाउन र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविश्मरणीय रहने...
‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१’ सम्पन्न
काठमाडौँ, ३ मंसिर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त प्रयासमा ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ सम्पन्न भएको छ । सोमबार एक विशेष समारोहकाबीच उक्त उद्धार यात्रा २०८१ को ३८औँ दिनमा आएर समापन भएको हो ।...
प्रधानमन्त्री ओलीबाट पूर्वसभामुख ढुंगानालाई सम्मानसहित अन्तिम बिदाई
काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाइ अन्तिम सम्मान गर्नुभएको छ । ढुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीले झन्डा र पुष्पगुच्छाबाट सम्मान गर्नुभएको हो । श्रद्धाञ्जलीसभामा...