‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
सुरेन्द्र भण्डारी झापा, २१ जेठ । प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ । गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन् । विशेषगरी, हल्दीबारी गाउँपालिका,...
‘विद्यालयमा संसद् अभ्यास’
रामचन्द्र रायमाझी पाल्पा, २१ जेठ। एउटा ठुलो हल (संसद्) छ । त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ । सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन् । सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गर्नुहुन्छ । त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गराउँछन् । सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल–जवाफ चल्छ । संसद्मा...
परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जानुहुँदै
काठमाडौँ, २१ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उहाँका समकक्षी डा.जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा...
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरू
चितवन, २१ जेठ । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरू भएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । बागमती प्रदेश सरकारबाट नौ करोड रूपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर...
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, २१ जेठ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा...
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
ललितपुर, २१ जेठ । सभामुख डिपी अर्यालले संविधानको धारा ४० मा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जातीय विभेद् तथा छुवाछूतको अन्त्य सरकार वा कुनै...
बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठुलो भार पर्दैन : प्रकाश दुलाल
काठमाडौँ, २१ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाश दुलालले विद्युत् बिक्रीमा भ्याट लगाउने विषयमा देखिएको विवाद वास्तविकताभन्दा फरक ढङ्गले प्रस्तुत भइरहेको बताउनुभएको छ । उहाँका अनुसार इप्पानले विगत तीन–चार वर्षदेखि नै विद्युत् क्षेत्रमा भ्याट व्यवस्था लागु गर्न सरकारलाई सुझाव दिँदै आएको थियो । किनभने यसले जलविद्युत्...
हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ
नवीन लामिछाने मनाङ, २० जेठ । लघु जलविद्युत्बाट उत्पादित विद्युत्मा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ । मर्स्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्त्वपूर्ण...
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू
नरेन्द्रसिंह कार्की दार्चुला, २० जेठ । मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौँ भयो । यहाँका महिला, बालबालिका र वृद्धहरू पानीको खोजीमै समय बित्ने गरेको छ । यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन । बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए...