खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
काठमाडौँ, २० चैत । इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (युएई) र...
एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरू
खाँदबारी, २० चैत । सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का उत्तरपुस्तिका परीक्षण सुरू गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरू गरिएको हो । आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका...
सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
खोटाङ, २० चैत । खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्ति, सुरक्षासम्बन्धी समस्या तत्काल समाधान गरी आमनागरिकको डरत्रासमुक्त भएर बाँच पाउने अधिकार...
सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
सिद्धराज भट्ट सुदूरपश्चिम, २० चैत । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो । यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र...
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री डा.वाग्ले
वीरगञ्ज, २० चैत । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुत गतिमा अगाडि बढाएको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताउनुभयो । “प्रधानमन्त्रीले एउटा गति...
भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तारतम्य मिलाइँदै
रमेश गिरी भक्तपुर, २० चैत । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरू हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरबको रथ तानेर सुरू हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो...
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
तनहुँ, २० चैत । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नम्बर ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ । यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा...
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाइपूर्ण यात्रा ?
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २० चैत । बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाइपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने...
माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
सिन्धुली, २० चैत । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोबसका...