नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छु : रवि लामिछाने

काठमाडौँ, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताउनुभएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठुला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यहीँअनुसार गरिएको छ । जब दुईवटा ठुला राजनीतिक दलहरु मिल्छन भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोल भनेर संसदमै भनेको थिए । अहिले त्यही स्मरण गराउन चाहन्छु । सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिन लागि अदालत घुमिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदै छ चाँडै नै । म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि...

नाङ्गिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छु : रवि लामिछाने

काठमाडौँ, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेले सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताउनुभएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठुला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यहीँअनुसार गरिएको छ । जब दुईवटा ठुला राजनीतिक दलहरु मिल्छन भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोल भनेर संसदमै भनेको थिए । अहिले त्यही स्मरण गराउन चाहन्छु । सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिन लागि अदालत घुमिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदै छ चाँडै नै । म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि तयार रहनु होला ।’

त्स्तै, उहाँलाई पत्रकारहरुले तपाईलाई त राजावादी रहेछ भन्ने आरोपहरु पनि आइरहेको छ नि भन्दै प्रश्न गरेका थिए । उहाँले जवाफमा भने,‘म आवेग र उत्तेजनामा छैन । किनकी देश एउटा गम्भीर अवस्थामा आइपुगेको छ । एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले र नेपाली जनताले एउटा आशा एवम् भरोसाका साथ हेरेको एउटा दलको हिसाबले म कुनै आवेग र उत्तेजनामा आएर उत्तर दिने पक्षमा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *