तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १७ जेठ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रूपैयाँले बढेको हो । गत शुक्रबार दुई लाख ९० हजार ६०० रूपैयाँमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० रूपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल पाँच हजार ३४५ रूपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० रूपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १७ जेठ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रूपैयाँले बढेको हो ।

गत शुक्रबार दुई लाख ९० हजार ६०० रूपैयाँमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० रूपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल पाँच हजार ३४५ रूपैयाँ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *