सदनमा अनुहार मात्र परिवर्तन नभइ काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छ : बुर्लाकोटी

काठमाडौँ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठुलो रहेको बताउनुभएको छ । उहाँले जनताले आफूहरूलाई ठुलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभइ काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । “हामीमाथि ठुलो भारी बोकाएर जनताले पठाउनुभएको छ । यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन । यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौँ,” उहाँले भन्नुभयो । सांसद बुर्लाकोटीले वर्तमान संसद्‌ले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

काठमाडौँ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठुलो रहेको बताउनुभएको छ ।

उहाँले जनताले आफूहरूलाई ठुलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभइ काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीमाथि ठुलो भारी बोकाएर जनताले पठाउनुभएको छ । यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन । यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौँ,” उहाँले भन्नुभयो ।

सांसद बुर्लाकोटीले वर्तमान संसद्‌ले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *