निर्धारित मितिमै निर्वाचन हुन्छ: मन्त्री घिसिङ

रामेछाप, ७ पुस । ऊर्जा जलस्रोत एवम् सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवम् कार्यालय उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो । एक महिनाअघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भइ सबैतिर पुगेको उहाँको भनाइ थियो । “सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो । जेनजी आन्दोलन पश्चात् गठित सरकारमा आफू सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो ।

निर्धारित मितिमै निर्वाचन हुन्छ: मन्त्री घिसिङ

रामेछाप, ७ पुस । ऊर्जा जलस्रोत एवम् सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ ।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवम् कार्यालय उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताउनुभयो । एक महिनाअघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भइ सबैतिर पुगेको उहाँको भनाइ थियो ।

“सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलन पश्चात् गठित सरकारमा आफू सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *