पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना

पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना

तनहुँ, १८ साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आज दिउँसो सडकबाट तल खसेर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको बताउनुभयो ।

मर्स्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *