रुपन्देही । कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनको वडा नम्बर १ दानापुरस्थित गजेडीतालमा दुईदिने चित्रकला कार्यशालासम्पन्न भएको छ । रुपन्देही आसपास र काठमाडौंबाट आएका २० जना कलाकारहरुले गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र साँस्कृतिक एवं प्राकृतिक सम्पदाको चित्र बनाउनुभएको हो ।
चित्रकला कार्यशाला समापनमा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कला वर्तमान समयको जीवन्त प्रतिबिम्ब भएको बताउनुभयो । उहाँले कलाले चित्रकला प्रदर्शनीले यहाँका सबैजसो क्षेत्रका पहिचान दिलाउन सहयोग पुगेको र हरेक चित्रले कञ्चनको भाइब्स बोलेको बताउनुभयो । वर्तमानलाई भविष्यसँग जोड्न सक्ने कलाकार र कलामा राज्यको नजर पुग्न नसकेको बताउँदै अध्यक्ष ढकालले कला र संस्कृतिमा राज्यको नजर पुग्नुपर्ने बताउनुभयो । उहाँले कञ्चनको समग्र रितिरिवाज र चित्रकलाले देखाउन नसकेका कयौं कुराहरुलाई यस क्षेत्रको कला घरको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले चित्रकलामार्फत कञ्चनको पहिचान र यस क्षेत्रको प्रवद्र्धनका लागि ठूलो योगदान पुर्याएकोले आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लैजाने बताउनुभयो । उहाँले कञ्चनको प्राकृतिक क्षेत्रको विश्वसामु पुर्याउने उद्देश्यले गरिएको चित्रकला कार्यशालामा रहेका कलाकारहरुलाई दिनुभयो । उहाँले अझ ठुलो रुपमा कञ्चानको पहिचान हुने गरी कार्यक्रम अगाडि बढाइने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले नेपालको हरेक पालिकाहरुमा आ–आफ्नै पहिचान भएकोले कञ्चनमा पनि पर्यटक भित्र्याउने विभिन्न क्षेत्र रहेकोले यसको प्रबद्र्धनमा सबैको सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले समेत प्रबद्र्धनका लागि कार्यशाला गरेको बताउनुभयो । कार्यशालाले समग्र कञ्चनको पहिचान यहाँको पर्यटकीय क्षेत्रको उजागर गर्दै आयआर्जनसँग गाउँपालिकाबासीमा समेत सहकार्य गर्ने बताउनुभयो ।
कार्यशालाको लागि प्राविधिक सहयोग नेपाल व्यवसायिक कलाकार संघ र नेपाल ललितकला प्रतिष्ठानले गरेको थियो । नेपाल व्यवसायिक कलाकार संघका प्राज्ञ एचबी रम्तेलले पर्यटकीय क्षेत्रलाई कलाको माध्यमबाट देशविदेशमा चिनाउन यस्ता कार्यक्रमले कला ग्यालरीको रुपमा विस्तार गर्दै लैजाने बताउनुभयो । ‘कला मृत्युपछिको जीवन हो’ भन्दै थापाले पुराना कलाले हाम्रा पुस्ताको वर्तमान, आज बुझ्ने अवसर मिलेको प्राज्ञ रम्तेलले बताउनुभयो । उहाँले कञ्चनमा उल्लेख्य कार्यक्रम भएको बताउँदै आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
समापन कार्यक्रममा कलाकारहरुले बनाएका चित्रकला क्यानभासलाई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने कलाकारहरुलाई समेत गाउँपालिकाले सम्मान–पत्रसहित सम्मान गरेको थियो ।
रुपन्देहीको बुटवलदेखि करिव १७ किलोमिटर पश्चिम र साढे ६ किलोमिटर दक्षिणमा रहेको कञ्चन गाउँपालिका वडा नम्बर १ मा रहेको दानापुर ताल अहिले ढकमक्क कमलको फूलले ढाकिएको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको दैनिक हजारौं अवलोकन गर्न आएको दानापुर सामुदायिक वनका प्रेम बहादुर थापाले बताउनुभयो । १९ हेक्टमा ताल र जम्मा ९२ हेक्टर क्षेत्रपÞmलमा फैलिएको जंगलभित्र रहेको तालमा गर्मी छल्नका लागि टाढाटाढाबाट पर्यटक आउने स्थानीयको भनाइ छ ।