काठमाडौँ, २६ जेठ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सदन चलाउने कुरामा प्रधानमन्त्रीको पहलकदमी शून्य रहेको बताउनुभएको छ ।
सोमबार संघीय संसद भवन बाहिर बोल्दै उहाँले सत्ता पक्षबाट अलि लचिलो नभएको भन्दै उहाँहरुकै कारण सहमतिमा पुग्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्ता पक्ष आफ्नो हटबाट पछाडि हटेन । उहाँहरु समिति पनि नबनाउने, राजीनामा पनि नदिने कुरा गर्नुभयो । सत्ता पक्षबाट अलि लचिलो भएर पेश हुनुपर्ने थियो । त्यो नभएका कारण सदन चल्न सकेको छैन । सदन चलाउने कुरामा प्रधानमन्त्रीको जुन पहलकदमी हुनुपर्ने थियो त्यो भएको छैन । उहाँहरुकै कारण सहमतिमा पुग्न सकेका छैनौँ ।”