राजावादी आन्दोलनको कुनै अर्थ छैन : सभापति देउवा

राजावादी आन्दोलनको कुनै अर्थ छैन : सभापति देउवा

जनकपुरधाम, २२ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

जनकपुरधामस्थित विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भन्नुभयो– “राजतन्त्र कहिलै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।”

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्टीको सहमतिअनुसार कार्य गरिरहको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताउनुभयो ।

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुंगानाको आज धनुषाधाममा आयोजित ६२औँ स्मृतिसभा, शालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा आज जनकपुरधाम आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *