प्रचण्डको अभिव्यक्तिमा तथ्य होइन, कुन्ठा देखिन्छः एमाले महासचिव पोखरेल

बुटवल ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तीव्र आलोचना गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले वर्तमान सरकारले उल्लेखनीय सफलता हासिल गरिरहँदा प्रचण्डमा “पीडा र छटपटी” बढिरहेको टिप्पणी गरेका हुन्। पोखरेलले लेखेका छन्, “प्रचण्डजी, तपाईं के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईंको बोलीमा तथ्य होइन, कुन्ठा मात्र देखिन्छ।” उनले विभिन्न तथ्यांक प्रस्तुत गर्दै वर्तमान सरकारले आर्थिक सुधार, पूर्वाधार निर्माण, बैंकको तरलता वृद्धि, व्याजदरमा गिरावट, लगानी अभिवृद्धि र कानूनी सुधार जस्ता क्षेत्रमा ठोस प्रगति गरेको दाबी गरे। उनका अनुसार, वर्तमान सरकारले राजस्वमा उल्लेखनीय वृद्धि, विदेशी मुद्रा सञ्चिति अभिवृद्धि, र सोधान्तर स्थितिमा सकारात्मक सुधार ल्याएको छ। साथै, निर्माण व्यवसायीलाई भुक्तानी प्रदान, ठप्प रहेका ठूला आयोजना—जस्तै पोखरा–मुग्लिन तथा गैडाकोट–बुटवल सडक—मा तीव्रता ल्याइएको पनि उनले जनाए। पोखरेलले भूकम्प तथा बाढी पीडितको आवास पुनर्निर्माणका लागि स्रोत व्यवस्था भएको, कानूनी निकायले स्वतन्त्रतापूर्वक काम गर्न थालेको, भूमि समस्या समाधानको प्रक्रिया अगाडि बढेको र सरकारको स्थायित्व बलियो हुँदै गएको...

बुटवल ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तीव्र आलोचना गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले वर्तमान सरकारले उल्लेखनीय सफलता हासिल गरिरहँदा प्रचण्डमा “पीडा र छटपटी” बढिरहेको टिप्पणी गरेका हुन्।

पोखरेलले लेखेका छन्, “प्रचण्डजी, तपाईं के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईंको बोलीमा तथ्य होइन, कुन्ठा मात्र देखिन्छ।” उनले विभिन्न तथ्यांक प्रस्तुत गर्दै वर्तमान सरकारले आर्थिक सुधार, पूर्वाधार निर्माण, बैंकको तरलता वृद्धि, व्याजदरमा गिरावट, लगानी अभिवृद्धि र कानूनी सुधार जस्ता क्षेत्रमा ठोस प्रगति गरेको दाबी गरे।

उनका अनुसार, वर्तमान सरकारले राजस्वमा उल्लेखनीय वृद्धि, विदेशी मुद्रा सञ्चिति अभिवृद्धि, र सोधान्तर स्थितिमा सकारात्मक सुधार ल्याएको छ। साथै, निर्माण व्यवसायीलाई भुक्तानी प्रदान, ठप्प रहेका ठूला आयोजना—जस्तै पोखरा–मुग्लिन तथा गैडाकोट–बुटवल सडक—मा तीव्रता ल्याइएको पनि उनले जनाए।

पोखरेलले भूकम्प तथा बाढी पीडितको आवास पुनर्निर्माणका लागि स्रोत व्यवस्था भएको, कानूनी निकायले स्वतन्त्रतापूर्वक काम गर्न थालेको, भूमि समस्या समाधानको प्रक्रिया अगाडि बढेको र सरकारको स्थायित्व बलियो हुँदै गएको तर्क गरेका छन्।

“यी उपलब्धिहरू नै तपाईंको असहजता र छटपटीको कारण हुनसक्छन्,” पोखरेलले व्यंग्यात्मक शैलीमा प्रचण्डप्रति प्रहार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *