सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ अभियान सुरू

काठमाडौँ, ८ चैत । आज (शुक्रबार)देखि सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ अभियान सुरू भएको छ । दलित लाइभ्स् म्याटरको सहसस्थापक ब्रिदिका सेन्चुरीका अनुसार सय दिनसम्म चल्ने अभियान नेपाल सरकारले जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ का सन्दर्भमा सुरू भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ जातिय विभेदका घटनाहरु भइरहेका छन् । कोही मरिरहेका छन् । कसैलाई आफ्नो ठाउँबाट विस्थापित गरेर अन्यायमा परेका छन् । अहिलेको समयमा पनि जातिय विभेद भन्ने कुरा पूराणमा मात्र सुनिने काल्पनिक कुरा जस्तो लाग्थ्यो । तर, अहिले पनि सान्दर्भिक छ । त्यसैले हामीले मार्च टु जस्टिस सबैको न्यायको लागि भनेर सुरु गरेका छौँ । यो अभियान सय दिनको हुने छ । नेपालले जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ त्यसको सन्दर्भमा १०० दिनको यो अभियान सञ्चालन गरेका हौँ ।’ उहाँले मुख्यगरी जलवायु परिवर्तनले सीमान्तकृत समुदायमा कस्तो असर परेको छ भन्ने विषयमा काम गरिरहेको जानकारी पनि दिनुभयो । उहाँले अभियानबाट...

काठमाडौँ, ८ चैत । आज (शुक्रबार)देखि सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ अभियान सुरू भएको छ ।

दलित लाइभ्स् म्याटरको सहसस्थापक ब्रिदिका सेन्चुरीका अनुसार सय दिनसम्म चल्ने अभियान नेपाल सरकारले जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ का सन्दर्भमा सुरू भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ जातिय विभेदका घटनाहरु भइरहेका छन् । कोही मरिरहेका छन् । कसैलाई आफ्नो ठाउँबाट विस्थापित गरेर अन्यायमा परेका छन् । अहिलेको समयमा पनि जातिय विभेद भन्ने कुरा पूराणमा मात्र सुनिने काल्पनिक कुरा जस्तो लाग्थ्यो । तर, अहिले पनि सान्दर्भिक छ । त्यसैले हामीले मार्च टु जस्टिस सबैको न्यायको लागि भनेर सुरु गरेका छौँ । यो अभियान सय दिनको हुने छ । नेपालले जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ त्यसको सन्दर्भमा १०० दिनको यो अभियान सञ्चालन गरेका हौँ ।’

उहाँले मुख्यगरी जलवायु परिवर्तनले सीमान्तकृत समुदायमा कस्तो असर परेको छ भन्ने विषयमा काम गरिरहेको जानकारी पनि दिनुभयो ।

उहाँले अभियानबाट जात व्यवस्थाले पछाडि परेका समुदायको हक अधिकार र न्यायका लागि सबैजना सँगै उभिन जरुरी रहेको र यस्तै सन्देश अभियानले दिने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *