पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

पोखरा, ९ फागुन । पोखरामा बिहीबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जिपले बिहीबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ । सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग ७ प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ । घटनापछि जिप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले...

पोखरा, ९ फागुन । पोखरामा बिहीबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जिपले बिहीबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ ।

सोही दुर्घटनामा सडक किनारमा रोकिराखेको ग ७ प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ ।

घटनापछि जिप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *