आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
रमेश तिमलसिना रौतहट, २८ जेठ । चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्थिक रूपमा पनि सबल बनाएको देखिन्छ । लौका, करेला, घिरौलालगायतका तरकारी अहिले उहाँको बारीमा लटरम्म छन्...
विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती
काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिनुभएको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो । “दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् ।...
डा.श्यामराज रेग्मीले गरे तेत्तीस हजार बिरामीको मुटुको शल्यक्रिया
चितवन, २८ जेठ । चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रुपमा संवेदनशील र महङ्गो मानिन्छ । विशेषगरी जनचेतना र पेसाप्रति समर्पित एवम् दक्ष चिकित्सकको अभाव र महङ्गा उपकरणका कारण मुटुरोगको परीक्षण तथा उपचारलाई तुलनात्मक रुपमा जटिल र महङ्गो रुपमा लिइन्छ । पछिल्ला दिनमा मुटुरोगका क्षेत्रमा देखिएको जनचेतना,...
निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस् : अध्यक्ष भण्डारी
काठमाडौँ, २८ जेठ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहनुभएका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ । आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइआएको घरजग्गा तथा जागिरबाट प्राप्त तलब, भत्तालगायत वैध कामबाट जोडिएको सम्पत्ति उल्लेख गर्न डराउन र हिचकिचाउन नपर्ने स्पष्ट पारेको छ ।...
भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : सांसद शाही
काठमाडौँ, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गर्नुभयो । उहाँले भन्नुभयो, “सुशासनको...
कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
मनोज अधिकारी इलाम, २८ जेठ । फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो । केही वर्षअघि वैदेशिक रोजगारीमा रहनुभएका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री...
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
सुन्दरकुमार थकाली मुस्ताङ, २८ जेठ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न सकिने सरकारी संस्थाको नाम हो शीतोष्ण बागवानी विकास केन्द्र । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फामा २०२३ सालमा मुस्ताङका किसानलाई स्याउखेतीको प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरिएको थियो । झन्डै ५५ वर्ष पुरानो इतिहास...
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
काठमाडौँ, २७ जेठ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ । सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्तिसम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी...
बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप
राजु सिलवाल काठमाडौँ, २७ जेठ । चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तर्राष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको...