गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ
काठमाडौँ, २२ जेठ । गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रबिसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश...
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौँ, २२ जेठ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । “निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको...
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
धरान, २२ जेठ । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । ज्येष्ठ नागरिकलाई लक्षित...
कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना
म्याग्दी, २२ जेठ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३०० मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग सात करोड रूपैयाँमा ठेक्का सम्झौता भएको...
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
खोटाङ, २२ जेठ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन २६ लाख रूपैयाँ बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई...
हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम : सल्लेका ३१ घर मगर परिवार लाभान्वित
खोटाङ, २१ जेठ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको...
विकास पर्खाइमा मुठाचौर
डम्मर बुढामगर बागलुङ, २१ जेठ । हरियाली आलु बारी । भर्खरै उम्रिँदै गरेका मकै । वरपर चारैतिर पालुवा पलाएपछि रमणिय बनेको छ, मुठाचौर । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको मुठाचौर बागलुङको उच्च स्थानमा रहेको बस्ती हो । प्राकृतिक सुन्दरताले भरिएको मुठाचौर विकासका हिसाबले भने ओझेलमै छ ।...
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ, २१ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा संस्थागत अनुशासन कायम गर्ने प्रयासअन्तर्गत अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकबाट...
सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार
काठमाडौँ, २१ जेठ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ । यही जेठ १६ गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई पाँच दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो । पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ १६ गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा...