नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौँ, १७ जेठ । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज सम्पन्न समूह चरणको आफनो अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि २–० गोलको जित निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रह्यो । दुई खेल...
सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन
तेह्रथुम, ३१ जेठ । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ । म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा...
तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, १७ जेठ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रूपैयाँले बढेको हो । गत शुक्रबार दुई लाख ९० हजार ६०० रूपैयाँमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार...
बजेटको भाषामा कृषि प्राथमिकतामा, तर व्यवहारमा किसान भित्तामा : उद्धव अधिकारी
काठमाडौँ, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषिलाई ‘शीर्ष प्राथमिकता’ मा राखेको दाबी गरेको छ । तर, सरोकारवालाहरुका अनुसार बजेटको आकार, स्रोतको बाँडफाँट र कार्यक्रमहरूको प्रकृतिले उक्त दाबीलाई पुष्टि गर्दैन । कृषिको कुल बजेट घटाइएको, अधिकांश रकम रासायनिक मल खरिदमै केन्द्रित गरिएको, साना किसानका समस्या सम्बोधन...
कालजयी गीतकी गायिका यशोदा पराजुली भन्छिन्- सफलता टिकाउन कर्म आवश्यक
आकाङ्क्षा धामी काठमाडौँ, १७ जेठ । ‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा…’ लाखौँ स्रोता–दर्शकको मनमा बस्न सफल यो कालजयी गीतकी गायिका हुनुहुन्छ- यशोदा पराजुली । नेपाली आधुनिक सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाएकी पराजुलीले मधुर स्वर र भावपूर्ण प्रस्तुतिबाट दशकौँदेखि स्रोताको मन जित्नुभएको छ । गायन यात्राकै क्रममा...
सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
खाँदबारी, १७ जेठ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठुलो परिमाणमा ढुङ्गा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले...
‘निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्न सहकार्य अपरिहार्य’
काठमाडौँ, १६ जेठ । महिला, बालबालिका तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तिनै ऐतिहासिक...
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
काठमाडौँ, १६ जेठ । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । सो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी...
माङसेबुङमा आज च्याब्रुङ महोत्सव
इलाम, १६ जेठ । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदै छ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको हो ।...