काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
काठमाडौँ, १९ चैत । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिइ...
तलब नपाएपछि अरूण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प
खाँदबारी, १८ चैत । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । आयोजनाको विद्युत्गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प...
वीर अस्पतालको निर्णय : ढिलो आए कारण दिनुपर्ने
काठमाडौँ, १८ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो । चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा...
गण्डकी प्रदेशमा ४३ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
गण्डकी, १८ चैत । बिहीबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशबाट ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाको सबै तयारी पुरा भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखा, पोखराका प्रमुख दामोदर सुवेदीले जानकारी दिनुुभयो । प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेड वृद्धि...
दासढुङ्गा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
नारायणगढ, १८ चैत । नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । दासढुङ्गामा आज अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक इभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना...
दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते
बागमती, १८ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना४४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर नवलपरासीबाट...
हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरू
मकवानपुर, १८ चैत । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन तत्कालै सो उपकरणको मर्मत गरेर आजदेखि सिमेन्ट पुनः उत्पादन सुरू गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योगको व्यवस्थापनले गत चैत १४ गतेबाट करिब सात महिनापछि सिमेन्टको उत्पादन सुरू गरिएलगत्तै चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी कोलमिलको...
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
कालिका खड्का काठमाडौँ, १८ चैत । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गर्नुभएको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
भैरहवा, १८ चैत । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा...