नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, १ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८३ को आज शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि...
राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौँ : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौँ, १ वैशाख । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो,...
कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो
आकाङ्क्षा धामी , काठमाडौँ, १ वैशाख । नेपाली कलाकारहरूले नयाँ वर्षलाई आ–आफ्नो अनुभव र दृष्टिकोणअनुसार फरक–फरक रूपमा व्याख्या गरेका छन् । कलाकारहरू रविन्द्र सिंह बानियाँ, सिर्जना अधिकारी र लोकगायक बिमलराज क्षेत्रीले नयाँ वर्षको महत्त्व, यसको बदलिँदो स्वरूप र व्यक्तिगत अनुभूति साझा गर्नुभएको छ । अभिनेता बानियाँले सानोदेखि सुन्दै आएको ‘मनपर्ने...
इटहरी गोल्डकप : युवा समाज मोरङ सेमिफाइनलमा
सुनसरी, १ वैशाख । सुनसरीको इटहरीमा सोमबारदेखि सुरू भएको १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा युवा समाज मोरङ प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीस्थित रङ्गशालामा सुरू भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न उद्घाटन खेलमा जस्ट जोन एफसी, नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा...
आश्रम व्यवस्थापन गर्न कुरिलो खेती
चितवन, ३० चैत । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ । आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आइएको हो । आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि...
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला
काठमाडौँ, ३० चैत । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ । समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिइ विभिन्न व्यक्ति एवम् सङ्घसंस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाइ सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो । बक्यौता बुझाउन पटक–पटक...
‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी मातातीर्थलाई
काठमाडौँ, ३० चैत । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को ट्रफी राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज सम्पन्न भएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १७ पदकसहित मातातीर्थ प्रथम भएको हो । सशस्त्र प्रहरी बल...
बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार
गलकोट, ३० चैत । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ सुन्दर गाउँ बुढाथोक । लोकमार्ग कालोपत्रपछि बुढाथोक गाउँ चर्चामा आएको हो । हाल सो गाउँमा व्यवस्थित सामुदायिक घरबास सञ्चालन गरिएको छ । परम्परागत संरचनाका घरले भरिएको बुढाथोक गाउँमा हिजोआज आन्तरिक पर्यटक आउन थालेका छन् । यहाँका चार...
अब अधिवेशनतिर लागौँ अदालततिर होइन : महामन्त्री पौडेल
चितवन, ३० चैत । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले काङ्ग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “जनता,...