सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
म्याग्दी, १५ वैशाख । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख नाकामा पर्ने पर्वत बेनीमा सडक विस्तार, स्तरोन्नति र कालोपत्र नहुँदा स्थानीयवासी, यातायात व्यवसायी र पर्यटक...
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठुला घर भत्काइयो
काठमाडौँ, १५ वैशाख । गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठुला घर तथा स्थायी संरचना पूर्ण रूपमा भत्काइएको छ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत सञ्चालन गरिएको उक्त अभियान सोमबार रातिसम्म निरन्तर जारी राखी ठुला संरचना हटाउने कार्य सम्पन्न गरिएको महानगरले जनाएको छ । यसअघि शनिबार र आइतबार रातिसम्म सञ्चालन गरिएको...
बाख्रापालनबाट स्वरोजगार
म्याग्दी, १५ वैशाख । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थाल्नुभएको छ । पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “घरमै भएका दुई माउ बाख्राबाट सुरू...
नेपालगञ्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरू
जानकी, १५ वैशाख । नेपालगञ्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा ल्याइएको हो । विमानस्थलदेखि राँझा चोकसम्म करिब दुई किलोमिटर दुरीमा यात्रुलाई आवतजावत सहज बनाउने उद्देश्यले ट्रलीबस सेवा सञ्चालन गरिएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका,...
व्यवसायी गोल्छालाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश
काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घन्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घन्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित...
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
काठमाडौँ, १५ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिनुभएको हो । उक्त आन्दोलनका...
पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज
राजु विश्वकर्मा बागमती, १५ वैशाख । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु आउने क्रम बढेको हो । पर्यटकीय सम्भावना...
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
काठमाडौँ, १५ वैशाख । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय...
काङ्ग्रेस संसदीय दलको नेतामा आङ्देम्बे
काठमाडौँ, १४ वैशाख । नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो । यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको...