जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

काठमाडौँ, १५ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिनुभएको हो । उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालयअन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा कदम चाल्नुभएको हो ।

जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

काठमाडौँ, १५ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिनुभएको हो ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालयअन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।

पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा कदम चाल्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *