पाहुनालाई कोसेली कोदोको बिस्कुट
TNV News Update

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे, २२ वैशाख । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो । अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । नयाँबजारकी पार्वती...
सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’
TNV News Update

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

शेरबहादुर सिंह कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ । यस विद्यालयमा नयाँ शैक्षिकसत्रमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या विद्यालयले धान्न नसक्ने गरी आइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विसं २०७१ अघिसम्म ३७१ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल भर्नाका...
सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
TNV News Update

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

म्याग्दी, २२ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गर्नुुभएका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशु बहुउद्देश्यीय फार्मबाट सफलता हात पार्नुभएको हो । “पाँच...
योग शिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…
TNV News Update

योग शिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…

जुम्ला, २२ वैशाख । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी)गरिएको छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले यहाँको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको ‘न्युरोसजेरी’ सफल भएको हो । यही वैशाख १८ गते...
अन्तु पोखरी : भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
TNV News Update

अन्तु पोखरी : भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम, २२ वैशाख । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात...
पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न
TNV News Update

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ, २१ वैशाख । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरू भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए । कार्यशालामा चार...
सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
TNV News Update

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ, २१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा...
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
TNV News Update

पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी

कास्की, २१ वैशाख । पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो । पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन, दक्षिणमा एयरपोर्ट र उत्तरमा साल्ट ट्रेडिङको भित्रको चार किल्लाभित्र बसपार्कका लागि छुट्याएर...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
TNV News Update

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएकामा उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा,...