असी वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो
म्याग्दी, २ जेठ । बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैँसीहरूको गतिविधि नियालेर बसेको अवस्थामा भेटिनुभयो । रूखबाट लडेर शरीरमा परेको चोटका कारण...
स्वास्थ्य बिमा प्रभावकारी बनाउन इएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड
काठमाडौँ, २ जेठ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । रास्वपाको संसदीय दलको समन्वयमा स्वास्थ्य विभागद्वारा आयोजित ‘स्वास्थ्य बिमा किन थला पर्यो ? उत्तर खोजौँ’ विषयक नीति मन्थन कार्यक्रममा...
‘काजी’ मा प्रेमको सुक्ष्म अनुभूति, विपिन भन्छन्- ‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’
आकाङ्क्षा धामी काठमाडौँ, २ जेठ । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा विपिनले ‘काजी’ आफूले यसअघि...
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
खेमराज गौतम गलकोट, २ जेठ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमुना परियोजनाका रूपमा तीन...
हरिपुरमा इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई जना घाइते
सर्लाही, २ जेठ । इँट्टाको चाङले थिच्चिएर सर्लाहीको हरिपुरमा एक भारतीयसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्रबार साँझ हरिपुर नगरपालिका–५, मजुर्वा गाउँमा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिच्चिएर तीन जनाको मृत्यु भएको हो । इँट्टाको चाङले थिच्चिएर भारतको लखिमपुर...
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
धादिङ, २ जेठ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठुलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो । अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ...
सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड
काठमाडौँ, १ जेठ । मुलुकको कुल बेरुजु रकम सात खर्बमाथि पुगेको छ । महालेखा परीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम सात खर्ब ५५ अर्ब रूपैयाँ बराबर पुगेको उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले आव २०८१/८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह,...
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
मोरङ, १ जेठ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुसन्धानका लागि आउने क्रम बढेको हो । पहिला वनभोज खान र घुुमघामका लागि मात्र आन्तरिक पर्यटक...
भद्रपुर–जलथल–राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै
झापा, १ जेठ । भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ । सडकका ठाउँठाउँमा ठुला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयवासीको गुनासो छ । स्थानीय...