टोटी खोलामा पक्की पुल निर्माण थालियो
TNV News Update

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा तीन करोड रूपैयाँको लागतमा पक्की पुल निर्माण थालिएको छ । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताउनुभयो । निर्माण कम्पनीसँग दुई करोड ९८ लाख...
विपद्सम्बन्धी कानुनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री अर्याल
TNV News Update

विपद्सम्बन्धी कानुनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री अर्याल

काठमाडौँ, १८ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानुनी र...
हिमाल हेर्न बेलढुङ्गामा पर्यटक
TNV News Update

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

बागलुङ, १८ पुस । एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा चिनिएको बागलुङ र म्याग्दीको सिमानामा रहेको बेलढुङ्गामा पुग्ने पर्यटकको रोजाइ आँखै अघिको हिमाल पर्न जान्छ । पहिचान, प्रचार र प्रवद्र्धनसहित स्थानीय जागरुक बनेर बेलढुङ्गाले चर्चा बटुल्न थालेपछि त्यहाँ...
थारु बस्तीमा माघी पर्वको तयारी सुरू
TNV News Update

थारु बस्तीमा माघी पर्वको तयारी सुरू

दाङ, १८ पुस । माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी सुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ । यस पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा)को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा...
महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ : डा.टीका ढकाल [भिडिओ]
TNV News Update

महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ : डा.टीका ढकाल [भिडिओ]

सन्तोषी रावल काठमाडौँ, १८ पुस । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठुलो जिम्मेवारी आएको अनुभूति भएको बताउनुभएको छ । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षाभन्दा धेरै विश्वास प्राप्त भएको उहाँको भनाइ छ...
‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’
TNV News Update

‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौँ, १८ पुस । महिला अधिकारकर्मीले संविधानको भावनाअनुरुप समानुपातिक समावेशी अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । महिला अधिकारका लागि दबाब अभियानले आज यहाँ माइतिघर मण्डलामा दबाबका लागि र्‍यालीसहित अधिकारको माग गरिएको हो । त्यस क्रममा माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा समानुपातिक...
मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : मृगौला रोग विशेषज्ञ डा.बज्राचार्य [भिडिओ]
TNV News Update

मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : मृगौला रोग विशेषज्ञ डा.बज्राचार्य [भिडिओ]

मनिषा बस्नेत काठमाडौँ, १८ पुस । विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर, यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा.विक्रम वीर बज्राचार्यले बताउनुभयो । शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न...
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित
TNV News Update

चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

भोजपुर, १८ पुस । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् । गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो ४१ हजार...
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल
TNV News Update

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, १७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ । १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ...