रुसी सेनामा भर्ती भएका बैतडीका एक युवकको मृत्यु
बैतडी, १९ पुस । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले...
नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा जलपन्क्षी गणना सुरू
कैलाली, १९ पुस । नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी गणना सुरू भएको छ । जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको छ । टोलीका अनुसार यही पुस २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ । चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी...
त्रिवेणीधाममा माधव नारायण मेला सुरू
भक्तपुर, १९ पुस । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण मेला एवम् व्रत सुरू भएको छ । उक्त मेला नेपाल सम्वतको आठौँ शताब्दीमा प्रारम्भ भएको विश्वास छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलामा व्रतालुले त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर...
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
गुल्मी, १९ पुस । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको...
जेनजी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्कनुभएन…
काठमाडौँ, १९ पुस । पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भइ एक दशकदेखि काठमाडौँ ग्राण्डी चोक बस्दै आउनुभएका निरज पन्तको जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महाराजगञ्जमा गोली लागेर निधन भयो । राजनीतिप्रति खासै चासो नराख्ने पन्त त्यस दिन घरबाट हात्तीगौडास्थित पसल जाने क्रममा महाराजगञ्ज चोकमा भएको आन्दोलनकारी र...
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल
काठमाडौँ, १९ पुस । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तीव्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् । जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ । शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति...
‘विमान परिचारिकाले ढोका खोल्न दिएनन्’ समाचारप्रति बुद्ध एयरको प्रष्टीकरण
काठमाडौँ, १९ पुस । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो । विमानको ढोका खोल्न परिचारिकाको प्रयासबारे पनि बुद्ध एयरले जानकारी दिएको छ । ‘विमान परिचारिकाले सुरक्षा...
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
काठमाडौँ, १९ पुस । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४...
म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो
सन्तोष गौतम म्याग्दी, १९ पुस । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी–जलजला–गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा ट्रयाक (मार्ग) खुलेको सडक प्रयोग गरेर धवलागिरी...