हामीले आफ्नो संस्कृति भुल्नु हुँदैन : प्रधानमन्त्री कार्की
काठमाडौँ, १७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ । नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राख्नुभएको हो । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको...
तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा
काठमाडौँ, १७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनुभयो । आयोगले...
वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछ : गृहमन्त्री अर्याल
काठमाडौँ, १७ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताउनुभएको छ । अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र...
धोती र टोपी जुधाउनेहरु विखण्डनकारी हुन्, हामी एकताको पक्षमा छौँ : राजानन्द माण्डव्य [भिडिओ]
काठमाडौँ, १७ पुस । अङ्ग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर, यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले यो दिवस कुनै औपचारिक बिदा वा केवल दिवसकै रूपमा मनाउन थालिएको...
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
म्याग्दी, १७ पुस । बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चैबाजा बजाउने तालिम दिन सुरु गरिएको हो । बुधबारदेखि सुरु भएको पञ्चैबाजा प्रशिक्षणमा वडाभित्रका विभिन्न आमा समूह र महिला...
अङ्ग्रेजी नयाँ वर्ष : काठमाडौँका भित्रि बजारमा व्यापार न्यून, चहलपहल उच्च
सन्तोषी रावल काठमाडौँ, १७ पुस । काठमाडौँका प्रमुख बजार क्षेत्रहरूमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ । स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भिडभाड बढे पनि अवस्था असाधारण भने छैन । इन्द्रचोक, असन, न्युरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ । नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर...
भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण
किमाथाङ्का, १७ पुस । सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपी किमाथाङ्का बिओपी, चिनियाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन...
धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम
सन्तोष गौतम म्याग्दी, १७ पुस । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न...
करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका
रसुवा, १७ पुस । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले...