एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस
भोजपुर, २२ पुस । नेकपा (एमाले)का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस हुनुभएको छ । एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा...
आदिवासी जनजाति महोत्सव : तीन जातिका नमुना घर निर्माण
तनहुँ, २२ पुस । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने...
लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका ७ जना कर्मचारी पक्राउ
काठमाडौँ, २२ पुस । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौँ, २२ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको...
माटो मिसिएको गिट्टी प्रयोग गरेपछि…
म्याग्दी, २२ पुस । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर...
सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत
बागमती, २१ पुस । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी...
अन्डाको मूल्य घट्यो
चितवन, २१ पुस । क्रमशः अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागु हुने गरी अन्डामा प्रतिक्रेट ९० रूपैयाँ घटाएको जनाए हो । फार्ममा ठुलो अन्डा ५६५ प्रतिक्रेट (३० वटाको) पुगेको अन्डाको मूल्य घटेर ४७५ रूपैयाँमा झरेको हो । यस्तै, मिडियम अन्डाको...
टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल
काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उहाँले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो,...
जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यु’ आदेश जारी
पर्सा, २१ पुस । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ बजेदेखि लागु...