औद्योगिक अनुभवमार्फत संसद्मा योगदान दिन समानुपातिकमा समावेश : विदुषी राणा
काठमाडौँ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सूचीमा नाम पर्नुभएकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसद्मा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताउनुभएको छ । गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ साहले आलोचनापछि नाम...
मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति
म्याग्दी, २१ पुस । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र...
सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल
काठमाडौँ, २१ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबिच हातेमालो जरुरी छ भन्नुभएको छ । गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक...
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सबिता भण्डारीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।
कांग्रेसमा विशेष महाधिवेशनको प्रक्रिया जटिल र कठिन छ : गुरू बराल [भिडिओ]
काठमाडौँ, २१ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले विशेष महाधिवेशन व्यवहारिक नभएकाले नै नियमित महाधिवेशनको कार्यतालिका संशोधन भएर आएको बताउनुभएको छ । उहाँले विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने पार्टीभित्र दरार आउने भएकाले नियमित महाधिवेशनकै लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताउनुभयो । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा...
धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस
धनकुटा, २१ पुस । नेकपा (एमाले) धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्वखानेपानीमन्त्री राजेन्द्र कुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ । आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहनाअनुसार युवाहरूको मनोभावनाअनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव...
सातदशकपछि नागरिकता पाउँदा…
खोटाङ, २१ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनुभएको छ । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभएको हो । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उहाँले...
देशको सुशासन र विकासमै लक्ष्य केन्द्रित छ : हर्क साम्पाङ
धरान, २१ पुस । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो लक्ष्य देशको सुशासन र विकासमै केन्द्रित रहेको बताउनुभएको छ । धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे (धरान उत्सव’ को अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य देशको सुशासन र...
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक
गुल्मी, २१ पुस । लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्न बहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको...