प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरीले निर्वाचन सुरक्षाका बारेमा विश्वस्त रहन आग्रह गरेको छ ।...
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
ललितपुर, २३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज बिहान उहाँहरुबिचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन...
जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक
सर्लाही, २३ पुस । सर्लाही जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लाग्नुभयो । लाउलाउँ खाउखाउँ उमेरका उहाँ अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुनुहुन्छ । बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उहाँको दैनिकी बनेको छ । ७५ वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी...
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद
म्याग्दी, २३ पुस । अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रूपैयाँ बजेटबाट खेल मैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने...
क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेसन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर
काठमाडौँ, २३ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल ‘गौतम एजुकेसन एण्ड भिसा सर्भिसेज’को ‘ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेसनबिच आज सम्झौता भएको हो । नेपाली खेलप्रेमीमाझ लोकप्रिय रहेका क्रिकेटर मल्ल आइसिसी टी–२० विश्वकप–२०२६ का लागि खेल्ने नेपालको १५ सदस्यीय टोलीमा पर्न सफल...
करेन्ट लागेर एक जनाको मृत्यु
खाँदबारी, २२ पुस । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकालु–५ माङ्सिमाको सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको हो । भारी बोकेर हिँड्दै गरेको अवस्थामा उनलाई करेन्ट लागेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक...
एमाले सचिवालय बैठक : निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन
काठमाडौँ, २२ पुस । नेकपा (एमाले)ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र...
सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगञ्जमा ‘कर्फ्यु’ हटाइयो
वीरगञ्ज, २२ पुस । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यु’ पनि आज ३ः३० बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला...
परिणाम स्वीकार्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल आधार हो : ईश्वर पोखरेल
काठमाडौँ, २२ पुस । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताउनुभएको छ । महाधिवेशनमा पराजित भएपछि नेपाल न्युज बैंकसँग आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभयो । “प्रतिस्पर्धामा जानु भनेको...