महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
भोजपुर, २८ पुस । न्यून शुल्कमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक विकल्पका रूपमा स्थापित हुँदै गएको हो । प्रारम्भमा प्रतिमहिना १०० रूपैयाँ शुल्कमा अङ्ग्रेजी माध्यमको...
सडक सञ्जालमा जोडिँदै गुर्जा
म्याग्दी, २८ पुस । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ । हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ । लुलाङ–गुर्जा सडक...
तीव्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि
पेमा लामा धुलिखेल, २८ पुस । काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा...
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
ललितपुर, २८ पुस । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार...
निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौँ, २८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम...
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
रामनाथ घिमिरे बेलायत, २८ पुस । “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु...
विशेष महाधिवेशन : साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता
काठमाडौँ, २७ पुस । नेपाली काँग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गर्नुभएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुईदिने महाधिवेशनको पहिलो दिन आज यहाँ आठवटा ‘स्टल’बाट नाम दर्ता भइरहेको र सो क्रम अहिले...
जेनजी सहिदकी दिदी सुशीला भन्नुहुन्छ– ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’
बुनु थारु काठमाडौँ, २७ पुस । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गर्नुभयो । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गर्नुभयो । सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गर्नुभएको...
काङ्ग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो : महामन्त्री शर्मा
काठमाडौँ, २७ पुस । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काङ्ग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताउनुभएको छ । काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताउनुभयो ।...