कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही
ललितपुर, ३० पुस । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका...
‘वादी समुदायको न मेटियो जातीय विभेद, न फेरियो जीवन’
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३० पुस । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ढोंणको त्यो कलिलो उमेर, जतिबेला पदम राना वादी मात्र १७ वर्षका थिए । उहाँभित्र एउटा ठुलो विद्रोहको बीउ पलाइसकेको थियो । त्यो विद्रोह केबल अभावविरुद्ध मात्र थिएन, त्यो त शताब्दीऔँदेखि आफ्नो समुदायमाथि लादिएको अपमान र अछूतको बिल्लाविरुद्ध पनि थियो । आज...
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
जमुना वर्षा शर्मा पोखरा, ३० पुस । ‘ढुङ्गे साँघुको मेलामा… भेट भएको बेलामा’ देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर, यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको...
कारागारभित्रका ‘हेडमास्टर’
नारायण न्यौपाने काठमाडौँ, ३० पुस । सुन्धारास्थित जगनाथ देवल कारागारमा १० वर्ष कैद सजाय तोकिएका तीन जना कैदीबन्दी ‘हेडमास्टर’को परिचय बनाएर फर्कदै हुनुहुन्छ । त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगनाथ माध्यमिक विद्यालयको प्रधानाध्यापक केही समयपछि कैदमुक्त हुँदै हुनुहुन्छ । कारागारभित्र असल...
कारबाहीबारे गगन थापाको प्रतिक्रिया– तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ?
काठमाडौँ, ३० पुस । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै ‘तपाईंको प्राइभेट कम्पनी हो निकाल्न’ भन्दै प्रश्न गर्नुभएको छ । बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उहाँले बाहिर जे जस्तो निर्णय भए पनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताउनुभयो । उहाँले...
शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ
दमौली, ३० पुस । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ...
गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित
सर्लाही, ३० पुस । गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने र बजार लैजाने चटारो छ । हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतोले गोलभेँडाबाट यसपटक नसोचेको मूल्य पाएको बताउनुभयो...
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
नरेन्द्रसिंह कार्की दार्चुला, ३० पुस । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा...
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
काठमाडौँ, ३० पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रूपैयाँ कायम...