स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
सिन्धुली, ३० पुस । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो । निजलाई...
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइनभ्याइ
घोराही, ३० पुस । दाङको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य...
एकीकृत परिवार योजना शिविर : महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो
धनुषा, ३० पुस । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको सेवा उपलब्ध हुन थालेपछि ती समुदायले परिवार योजनाको स्थायी र अस्थायी साधन निर्धक्क उपयोग गर्न थालेका हुन् । परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’(महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष...
आजको मौसम : मधेसमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल
काठमाडौँ, ३० पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने...
षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’
भोजपुर, ३० पुस । भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक...
लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर
नेपालगञ्ज, २९ पुस । निर्वाचन आयोगका आयुक्त डा.जानकी कुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरणको आज यहाँ समापन गर्दै उहाँले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता जनतामा निहीत रहने...
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ,, २९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुवात गर्न सकिने बताउनुभएको छ । उहाँले जेनजीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज निरीक्षणका क्रममा...
मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा.सुनिल रञ्जन सिंह नियुक्त
जनकपुर, २९ पुस । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा डा.सुनिल रञ्जन सिंह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा मंगलबार डा.सिंहलाई मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आजदेखि लागु हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४...
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र यादव
रुपन्देही, २९ पुस । सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ । उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसासँगै कृषि कर्मलाई आत्मसात् गर्दै ‘आत्मनिर्भर जीवन’ को उदाहरण बन्नुभएको छ । कार्यालय...