मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरू
पर्वत, २ माघ । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरू भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको...
झापा र नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
बनियानी, २ माघ । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ । झापा जिल्ला प्रहरी कार्यालयका...
युके छाडेर संवाद यात्रामा नेपाल आएकी प्रकृतिको लक्ष्य : गाउँ पुग्ने अनि आवाज बुलन्द पार्ने [भिडिओ]
आकाङ्क्षा धामी काठमाडौँ, २ माघ । युकेबाट स्नातक अध्ययन पूरा गर्नुभएकी प्रकृति ढकाल हाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर देशका विभिन्न गाउँ–सहरमा पुग्नुभएको छ । राजनीतिक संक्रमण, युवाको भूमिका र जनताको आवाज बुझ्ने उद्देश्यसहित सुरू गरिएको यो यात्रा अझै निरन्तर रहेको उहाँले बताउनुभयो । नेपाल न्युज बैङ्कसँगको कुराकानीमा ढकालले भन्नुभयो,...
म्याग्दीका ध्रुव खत्रीले फलाए १२० मुरी धान
म्याग्दी, २ माघ । म्याग्दीका एक जना किसानले १२० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन्...
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
धरान, २ माघ । प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको...
नुवाकोटमा गोरु जुधाई प्रतिस्पर्धा
नुवाकोट, २ माघ । मकरसङ्क्रान्ति पर्वका अवसरमा बिहीबार नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाई प्रदर्शनी गरेर मनाइएको छ । बिहीबारका दिन विभिन्न स्थानमा विभिन्न इतिहास र किंवदन्तीसँग जोडेर गोरु जुधाई प्रदर्शनीसहित सांस्कृतिक गतिविधिका साथ मकरसङ्क्रान्ति पर्व मनाइएको हो । नुवाकोटको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाई प्रदर्शनीमा १४ हल...
राष्ट्रिय स्वाधिनताका लागि सङ्घर्षका उतारचढावबाट डराउनु हुँदैन : अध्यक्ष ओली
काठमाडौँ, १ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले)द्वारा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री...
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौँ, १ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आपसी सद्भाव, विश्वास तथा सहकार्यका माध्यमबाट समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभएको छ । माघी पर्वका अवसरमा थारू समुदायले यहाँ आज आयोजना गरेको माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न समुदायले फरक–फरक नाम, शैली र...
दैलेखमा बढ्दै छ ‘योग क्रान्ति’
नवीन रिजाल दैलेख, १ माघ । नारायण नगरपालिका–२ का ८१ वर्षीय धन बहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भइ तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए । यो उमेरमा शल्यक्रिया गर्दा सन्तानलाई दुःख हुने ठानेर उहाँ उपचार नगरी घर फर्कनुभयो । घर फर्किएलगत्तै पतञ्जली योग...