अध्यक्ष साम्पाङद्वारा मनोनयन दर्ता
TNV News Update

अध्यक्ष साम्पाङद्वारा मनोनयन दर्ता

धरान, ६ माघ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुखसमेत रहनुभएका उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बरमा पुगेर मनोनय दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका–८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन...
लामिछानेविरुद्धको मुद्दामा निर्णयको सक्कलप्रति झिकाउन आदेश
TNV News Update

लामिछानेविरुद्धको मुद्दामा निर्णयको सक्कलप्रति झिकाउन आदेश

काठमाडौँ, ६ माघ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा संशोधनविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको सक्कलप्रति झिकाउन आदेश गरेको छ । न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले आज लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन...
इलाम २ मा चुनावी रौनक : सुहाङ र भेषराज मुख्य प्रतिस्पर्धी
TNV News Update

इलाम २ मा चुनावी रौनक : सुहाङ र भेषराज मुख्य प्रतिस्पर्धी

इलाम, ६ माघ । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)बाट सुहाङ नेम्वाङ र नेपाली काङ्ग्रेसबाट भेषराज आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । आचार्य २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि...
अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा
TNV News Update

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ, ६ माघ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उहाँहरु उम्मेदवार बन्नुभएको हो । हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ,...
निवर्तमान उपसभामुख इन्दिरा राना मगरद्वारा मनोनयन दर्ता
TNV News Update

निवर्तमान उपसभामुख इन्दिरा राना मगरद्वारा मनोनयन दर्ता

झापा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की वरिष्ठ नेतृ तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले मनोनयन दर्ता गराउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराउनुभएको हो । यो क्षेत्रमा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे हुनुहुन्छ ।...
रणनीतिक महत्त्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट
TNV News Update

रणनीतिक महत्त्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

संगीता राई धरान, ६ माघ । भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले च्याम्ताङ–घोङघप्पा सडक निर्माणको काम दू्रतगतिमा गरिरहेको छ । विस्फोट र डोजरको गर्जनबीच खुल्दै गएको ‘ट्रयाक’ले दुर्गम सङ्खुवासभाका बासिन्दालाई केवल आवागमनको सुविधा मात्र होइन, स्वास्थ्य, शिक्षा, व्यापार र स्थानीय जीवनमा पहुँच विस्तार गर्ने नयाँ ढोका खोल्दैछ । भिरालो...
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन्– निर्वाचन हुनेमा अझै आशंका छ
TNV News Update

उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन्– निर्वाचन हुनेमा अझै आशंका छ

काठमाडौँ, ६ माघ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते चुनाव हुने–नहुने विषयमा राजनीतिक दलहरूमा आशंका...
मकवानपुर १ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी
TNV News Update

मकवानपुर १ मा श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठको उम्मेदवारी

हेटौँडा, ६ माघ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि विद्या श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । श्रेष्ठले सोमबार हेटौँडा–११ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । समर्थकहरूको उपस्थितिमा उहाँले निर्धारित समयभित्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले...
शिक्षामन्त्री पुनद्वारा राजीनामा
TNV News Update

शिक्षामन्त्री पुनद्वारा राजीनामा

काठमाडौँ, ६ माघ । नेपालको संविधानबमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीना पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । यसअघि ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा...